Monday, January 13, 2025
घरसमाचारसप्तरीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

सप्तरीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध




सप्तरी । सप्तरीका केही स्थानमा शुक्रबार भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो दुई घण्टामा सप्तरीको रुपनी,कल्याण आसपास भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।बालन खोला पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा जल तहले सतर्कता तह पार गरेको छ । उक्त नदी तटीय क्षेत्रहरूमा तथा डुबान हुन सक्ने भएकाले होचा स्थानमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

सो स्थानहरूमा थप वर्ष हुन सक्ने देखिएकाले मौसम विभागले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -