Thursday, November 28, 2024
घरसमाचारप्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक बस्दै 

प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक बस्दै 




काठमाडौँ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौँमा बस्दैछ ।

बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो । बिहान ८ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकमा पार्टी उपाध्यक्ष तथा प्रवक्ता एवम् प्रेस सेन्टर नेपालका इन्चार्ज अग्नि सापकोटा,  सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकार, नीति परामर्श समिति सदस्यहरू सहभागी हुनेछन् । 

बैठकले बदलिएको राजनीतिक समीकरण, नेपाल पत्रकार महासङ्घको निर्वाचन, सामुदायिक रेडियो प्रसारक सङ्घलगायतका साझा मोर्चाहरूका विषयमा रणनीति तयार गर्नुका साथै सङ्गठनको विधान र आगामी रणनीति र योजनाका विषयमा छलफल हुने बताइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -