Wednesday, November 27, 2024
घरसमाचारस्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड

स्वदेशी उत्पादन उपभोग गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड




काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौँमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले स्वदेशी वस्तु उत्पादनमा सरकाले सहुलियत प्रदान गर्ने पनि बताउनुभयो ।

विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको औँल्याउनुभयो । मन्त्री भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उहाँले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताउनुभयो । उहाँले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले स्थानीय तहलाई मजबुत बनाएर स्थानीय उत्पादन बढाउन केन्द्र सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले संघीय सरकारले प्रदेश र स्थानीय सरकारका कानुनसित नबाझिने गरी कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -