दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई जनताको प्रिय बन्न सुझाव दिनुभएको छ ।
नेपाली काँग्रेस दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको दोस्रो सम्मेलनमा नेता कोइरालाले ठुलो मान्छे होइन सधैँ असल मान्छे बन्न उत्प्रेरित गर्दै काङ्ग्रेस जनतासँग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले पार्टी र जनप्रतिनिधिबिच थपिइरहेका समस्याको हल गरिनुपर्ने बताउनुभयो ।