Tuesday, November 26, 2024
घरसमाचारइलाम प्रतिनिधि सभा -२ को  उपनिर्वाचनमा मनोनयन दर्ता जारी 

इलाम प्रतिनिधि सभा -२ को  उपनिर्वाचनमा मनोनयन दर्ता जारी 




 इलाम ।   इलाम प्रतिनिधि सभा २ को  उपनिर्वाचनमा मनोनयन दर्ता जारी छ । जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ ।जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गर्नु भयो । 

 नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ ।नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गर्नु भयो । जनमत पार्टी र  नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस ९विपी० बाट इलाम–२ मा उम्मेदवारी दिनु भएको थियो   ।

 यसैगरी नेकपा एकीकृत समाजबादी बाट जीत बहादुर राईले चौथोमा मनोनयन दर्ता गर्नु भएको छ भने स्वतन्त्रबाट  डकेन्द्र सिंह थेगिमले मनोनयन गरि सक्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादीको संयुक्त उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) बाट मिलन लिम्बूले र  नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले केही बेरमा मनोनयन दर्ता गर्ने जनाइएको छ। 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -