Wednesday, November 27, 2024
घरसमाचारप्रचण्ड, बाबुरामलाई कारण देखाउ आदेश जारी

प्रचण्ड, बाबुरामलाई कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाउ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा आज सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ । तत्कालीन माओवादीका बाल सैनिक लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -