Wednesday, November 27, 2024
घरपत्रपत्रिकाअमर्यादित र अव्यवस्थित पत्रकारिता चुनौती: अध्यक्ष बस्नेत

अमर्यादित र अव्यवस्थित पत्रकारिता चुनौती: अध्यक्ष बस्नेत

समीक्षा समाचारदाता
वीरगंज/प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अमर्यादित र अव्यवस्थित पत्रकारिता चुनौतीको विषय रहेको बताएका छन् ।
पर्दाफास मिडिया प्रालिद्वारा संचालित पर्दाफास डटकमको उद्घाटनको अवसरमा आयोजित “मर्यादित पत्रकारिताको लागि पत्रकार आचारसहिता” विषय बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बस्नेतले सो कुरा बताउनु भएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै बस्नेतले नेपाली पत्रकारहरूको लागि आचार संहिता लेखिएको वीरगंज भूमि पत्रकारहरूकोलागि ऊर्जा क्षेत्र रहेको र पत्रकारितालाई आगामी दिनमा थप मर्यादित र व्यवस्थित बनाउन पत्रकार आचार संहिताको पालना गर्न सबै पक्ष अग्रसर हुनु पर्ने बताउनु भयो ।


छापा माध्यममा मौलिक समाचार लेख्ने प्रवृत्तिमा पछिल्लो समयमा ह्रास आएको साथै अनलाइन संचार माध्यममा कपि पेष्ट समाचार राख्ने र हटाउने प्रवृत्तिले पत्रकारितामाथिको विश्वसनीयता हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले कपि पेष्ट पत्रकारिता र डिलिट गर्ने प्रवृत्ति दण्डनीय रहेकोले त्यस्तो नगर्न पनि सम्बन्धित संचारमाध्यम एवं संचारकर्मीहरूलाई आग्रह गर्नु भयो ।


पत्रपत्रिका वर्गीकरणको सन्दर्भमा उठेको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रेस काउन्सिल कुनै पनि व्यक्ति, पार्टीलाई नहेरी पत्रिकाको सम्पूर्ण विषयबस्तुलाई सुक्ष्म ढंगले नियालेर समितिले वर्गीकरण गर्ने गरेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाईले नागरिक समाजको शक्ति र विश्वास जित्ने तथ्यमा आधारित मर्यादित पत्रकारिता गर्न आग्रह गरे । स्वरोजगार मूलक संचारमाध्यम र पत्रकारहरूकालागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतका संस्था आगामी दिनमा तप मित व्ययी बन्नु पर्नेमा केन्द्रिय सचिव चौलागाईको भनाई रहेको थियो ।


छापा एवं अनलाइनको लागि पनि विधिगत व्यस्थित ढ·ले बिज्ञापनको व्यवस्था गर्न नेपाल पत्रकार महासंघ लागि परेको उनले बताए । सरकारको खरिद ऐनले गर्दा स्थानीय तहको बिज्ञापन समानुपातिक हुन नसकेको हा भन्दै उनले त्यो संयन्त्र पनि बनाउन छलफल भईरहेकोले र केही समयमै समानुपातिक विज्ञापन प्रणाली लागु हुने विश्वास दिलाउनु भयो ।
त्यसैगरी अर्का विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले एउटै व्यक्ति पत्रकारिता सँगै विभिन्न पेशा अंगालेकोले निष्पक्ष रुपले समाचार नआउने गरेको बताए । कुनै व्यक्ति सँग आफ्नो रिसिवि साध्नका लागि पनि हुँदै नभएको गलत समाचार प्रकाशन प्रशारण गर्दा सम्पूर्ण पत्रकारिता जगत नै बदनाम हुदै गएकोमा चिन्ता व्यक्त गरे । केन्द्रिय सचिव चौहानले एउटा संचार माध्यममा समाचार आउने र अर्कोले खण्डन छाप्ने, एउटा अनलाइनले समाचार लेख्ने र तुरुन्तै डिलिट गर्ने प्रवृत्ति पनि पत्रकारिताको मर्म विपरित रहेकोले पत्रकारहरू सुध्रिनुपर्नेमा जोड दिनु भयो ।


त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले वर्गीकरणमा कसैलाई काखापाखा नगरी निष्पक्ष ढंगले वर्गीकरण गर्ने गरेको दाबी गरे ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारले समाजमा रहेको बिकृत्ति हटाउन कलम चलाउनु पर्ने कुरामा जोड दिदै अहिले खास गरि डिजिटल मिडियाले पत्रकार आचारसहिता उलंङघन गरिरहेको बताए । मधेश प्रदेशमा महिला पत्रकारहरुको संख्या एकदमै न्यून थियो तर काउन्सिलले तालिम संचालन गर्दै जाँदा अहिले महिला पत्रकारहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे ।
यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले आचारसंहिताको पालना नै नगरि सामाजिक संजालमा जे पनि लेख्ने रवैयाले पत्रकारहरुको भविष्य समाप्त हुँदै गएकोमा चिन्ता व्यक्त गरे । डाक्टर, इन्जिनियर लगायत हरेक क्षेत्रमा जान डिग्री चाहिन्छ तर पत्रकारितामा जोकोही पनि सजिलै आएर पत्रकारिताको आडमा जेपनि गर्ने गर्दा पत्रकारिता पेशा संकटमा परेको बताए । उनले काउसिलले एउटा नियम बनाएर परीक्षा लिएर पास हुनेलाई मात्रै पत्रकार भन्ने बातावरण बनाउन आग्रह गरे ।
यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले ठुला मिडियाले जहिले पनि साना मिडियालाई हेपेको आरोप लगाए । उनले प्रेस काउन्सिल, बिज्ञापन बोर्डले ठुला मिडियाकै साथ दिने गरेकोले यस्तो विभेदको अन्त्य हुनुपर्ने माग गरे । गरिब, मजदुर, ठेला चलाएर काम गर्नेहरुको समाचार आउनमा अहिले कमी हुन थालेको बताउँदै त्यस्तो सामाजिक मुद्दा उठाउन पत्रकारहरुलाई आग्रह गरे ।
यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले पत्रकारिता माथि प्रश्न चिन्ह् खडा हुँदै सामाजिक स्तरबाट विश्वास गुमिरहेकोले पत्रकारहरु सच्चिनु पर्ने आग्रह गरे । सिंगो समाजलाई नै अगाडी बढाउने काम गरिरहेको पत्रकारलाई पनि अहिले देखिएको बेतिथिले चुनौति थपिएको बताए । जबसम्म सदस्यता सुदृढिकरण हुँदैन, तबसम्म पत्रकारिताको आडमा भईरहेको गलत प्रवृति अन्त्य नहुने दाबी गरे । महाचिव बन्जाराले प्रेस काउन्सिल नेपालले गर्ने पत्रपत्रिकाको वर्गीकरण व्यक्तिगत लाभ र प्रभावमा, उपहारको आधारमा हुने गरेको गुनासो गरे ।
पर्दाफास डेलीडटकमका सञ्चालक राघव साहको सभापतित्वमा भएको सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका प्रहरी उपरीक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी,केन्द्रिय सदस्य श्रीराम रायमाझीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा समाज एवं पत्रकारिताका क्षेत्रबाट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -