Monday, March 31, 2025
घरसमाचारसातै प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय शिक्षा, १६ सय बढी विद्यार्थी लाभान्वित

सातै प्रदेशमा सिद्धार्थ बैंकको वित्तीय शिक्षा, १६ सय बढी विद्यार्थी लाभान्वित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता मार्फत विद्यार्थीलाई आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ‘ग्लोबल मनी विक २०२५’ का अवसरमा देशभरि विभिन्न कार्यक्रम गरेको छ ।

१७ देखि २३ मार्चसम्म मनाइएको यो अन्तर्राष्ट्रिय साप्ताहिक अभियानको यस वर्षको नारा ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ थियो । यही सन्देश सार्थक बनाउँदै सिद्धार्थ बैंकले सात प्रदेशका २४ स्थानमा विद्यालय तथा क्याम्पसमा वित्तीय शिक्षा केन्द्रित कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई बैंकिङ सेवा, डिजिटल कारोबारका माध्यम र सुरक्षित आर्थिक अभ्यास सम्बन्धी ज्ञान, सिप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा कुल १ हजार २ सय १२ विद्यार्थीको सक्रिय सहभागिता रह्यो ।

यही क्रममा बैंकले ४ सय ४८ विद्यार्थीलाई आफ्नै विभिन्न शाखामा भ्रमण गराइ व्यावहारिक वित्तीय प्रणालीबारे अवलोकन गराउने कार्यक्रम समेत सञ्चालन गरेको जानकारी दिएको छ ।

बैंकका अनुसार ग्लोबल मनी विक अवधिमा ३८ कार्यक्रम सम्पन्न गरी कुल १ हजार ६ सय ६० विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको छ ।

सिद्धार्थ बैंकले वित्तीय सेवाको पहुँच विस्तार गर्दै समावेशी वित्तीय प्रणालीको विकास गर्न र जनस्तरमा वित्तीय सचेतना अभिवृद्धि गर्न यस्ता अभियानमा निरन्तर सहभागी हुँदै आएको जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -