Monday, March 31, 2025
घरसमाचारराष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

१३ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ सांसदहरू उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।

अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।

विपक्षी दलहरूको अवरोधले निरन्तरता पाएपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका हुन् ।

यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका थिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -