Saturday, March 29, 2025
घरसमाचारसिरहामा खोला किनारमा भेटियो बोराभित्र शव

सिरहामा खोला किनारमा भेटियो बोराभित्र शव

१२ चैत, जनकपुरधाम । सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको ।

गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।

उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।
सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए ।

‘शव सडेको अवस्थामा फेला परेको छ। त्यसकारण शव कस्को हो भन्ने पहिचन गर्न कठिन छ,’ उनले भने, ‘ शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गर्दैछौं ।’

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार केही दिनअघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् । उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -