Friday, March 28, 2025
घरसमाचारडेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी समातिए

डेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी समातिए

१२ चैत, काठमाडौं । करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

खगेन्द्रबहादुर सोपले उनीविरुद्ध बैंकिङ कसुरको जाहेरी दिएका थिए । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १ करोढ ४९ लाख ५० हजार रुपैयाँ बराबरका चार वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -