Tuesday, March 25, 2025
घरसमाचारनेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०८१ जाजरकोटमा सम्पन्न

नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०८१ जाजरकोटमा सम्पन्न




जाजरकोट । नेपाली सेनाको कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा भूतपूर्व सैनिक सम्मेलन–२०८१ जाजरकोटको चन्दननाथ गण, मालिका ब्यारेकमा सम्पन्न भएको छ । ‘प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण/कोषको दिगोपन’ भन्ने मूल सन्देशसहित आयोजित सम्मेलनमा भूतपूर्व सैनिक तथा उनीहरूका आश्रित परिवारजनको उपस्थिति रहेको थियो ।  

सम्मेलन केन्द्रका रूपमा सुर्खेतस्थित श्री उत्तर पश्चिम पृतना हेड क्वाटरमा सञ्चालन भएको सम्मेलन जाजरकोटमा उपकेन्द्रका रूपमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्री दीपक केसी, विशिष्ट अतिथिका रूपमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, अन्य सुरक्षा निकायका प्रतिनिधि र सङ्घसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।  

श्री चन्दननाथ गणको आदर्श वाक्य “देखाऊ वीर भक्ति लिएर शिव शक्ति” अनुरूप आयोजित कार्यक्रममा गणपति प्रमुख सेनानी श्री दीपक केसीले भूतपूर्व सैनिकहरूको योगदानको सम्मान गर्दै सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रमको प्रारम्भमा श्री चन्दननाथ गणका ज्येष्ठ सेनानी श्री प्रविना थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने सह– सेनानी श्री भक्त बहादुर थापा (अवकाश प्राप्त)ले भूतपूर्व सैनिकहरूको प्रतिनिधित्व गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो । सम्मेलनको अवसरमा विविध सांस्कृतिक नृत्य, खुकुरी ड्रिल तथा अन्य रोचक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -