Tuesday, March 25, 2025
घरसमाचारपोखरा महानगरका कर्मचारी कपिल गिरी घुस लिएको आरोपमा रकमसहित पक्राउ

पोखरा महानगरका कर्मचारी कपिल गिरी घुस लिएको आरोपमा रकमसहित पक्राउ




कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिका अधिकृतस्तरका कर्मचारी कपिल गिरीलाई घुस लिएको आरोपमा रकमसहित रंगेहात पक्राउ गरेको छ ।

महानगरपालिका विरुद्ध अख्तियारमा परेका उजुरी हेर्ने फोकल पर्सनको जिम्मेवारी पाएका गिरीलाई महानगरपालिकाको कार्यालय अगाडि रहेको रक्षा नर्सरीबाट आयोगको टोलीले रकमसहित बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

उनको साथबाट खामभित्र रहेको २५ हजार रुपैयाँ बरामद भएको छ । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले आयोगको टोलीसँग बताएका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -