Thursday, March 20, 2025
घरसमाचारनेपाल सुपर लिग फुटबल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

नेपाल सुपर लिग फुटबल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

६ चैत, काठमाडौं । यही चैत १६ गतेदेखि सुरु हुने नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएलको तेस्रो संस्करण हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

तेस्रो संस्करणको टेलिभिजन प्रसारण अधिकार हिमालय टीभी एचडीले खरिद गरेको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जानकारी दिए ।

हिमालय टेलिभिजनले यसअघि दोस्रो सिजनमा पनि नेपाल सुपर लिग फुटबलको प्रत्यक्ष प्रसारण गरेको थियो । त्यसबाहेक सन् २०२२ को फिफा विश्वकप फुटबल नेपालमा प्रसारण गरेको थियो भने पोखरा प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिताको कुशलतापूर्वक प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

‘नेपाल सुपर लिगको प्रत्यक्ष प्रसारणका लागि सबै तयारी पुरा भइसकेको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने, ‘खेलकुद कन्टेन्ट हिमालय टेलिभिजनको सधैं पहिलो प्राथमिकता भएकाले यो इभेन्टको प्रसारण अधिकार खरिद गर्न पाउँदा हामी उत्साहित छौं ।’

चैत १६ गतेदेखि सुरु हुने प्रतियोगिता वैशाख १३ सम्म चल्ने छ । दिउँसोका खेल साढे २ बजे तथा साँझका खेलहरू ६ बजेदेखि सुरु हुनेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -