Tuesday, March 18, 2025
घरसमाचारत्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो, अब ८ चैतमा

त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो, अब ८ चैतमा

३ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिविका कानुन सल्लाहकार, निर्देशिका र आचारसंहिता अनुसार यस्तो निर्णय भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार भोलि (सोमबार) दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -