२ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी घरेलु मैदानमै बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीलाई ब्राइटनले २-२ को बराबरीमा रोकेको हो ।
खेलमा दुईपटक अग्रता लिएपनि सिटीले जोगाउन सकेन । सिटीका लागि एर्लिङ हालान्ड र ओमार मरमाउशले १-१ गोल गरे । ब्राइटनका लागि पर्भिस इस्तुपिनयनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
बराबरीपछि सिटी २९ खेलबाट ४८ अंकसहित पाँचौं स्थानमा छ भने ब्राइटन ४७ अंकसहित सातौं स्थानमा छ ।
अन्य खेलहरूमा नोटिङहाम फरेस्टले एप्सविच टाउनलाई ४-२ गोलअन्तरले हराउँदा वुल्भ्सले साउथह्याम्पटनलाई २-१ ले हरायो । वेस्टह्याम र एभर्टनले १-१ को बराबरी खेले ।