Sunday, March 16, 2025
घरसमाचारमेचिनगर गोल्डकपको उपाधि चर्च ब्वाईजलाई

मेचिनगर गोल्डकपको उपाधि चर्च ब्वाईजलाई

२ चैत, काठमाडौं । पाँचाैँ मेचिनगर गोल्डकपको उपाधि ए डिभिजन लिग विजेता टोली चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।

काँकरभिट्टा खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० ले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजले पहिलो पटक मेचिनगर गोल्डकपको उपाधि जितेको हो ।

चर्च ब्वाईजको लागि समीर तामाङले खेलको ११औ मिनेटमा गोल गर्दै गर्दै अग्रता दिलाएका थिए । त्यही गोल नै चर्च ब्वाइजलाई उपाधि दिलाउन निर्णायक बन्यो ।

यस वर्ष मोफसलको अधिकांश नकआउट प्रतियोगिता खेलेको चर्च ब्वाइजको यो चौथो उपाधि हो । चर्च ब्वाइजले यसअघि झापा कप, फाल्गुनन्द गोल्डकप र बागमती गोल्डकपको उपाधि जितेको थियो ।

च्याम्पियन चर्च ब्वाइजले नगद १० रुपैयाँ र ट्रफी हात पार्‍यो । उपविजेता काँकरभिट्टाले ५ लाख रुपौयाँ प्राप्त गर्‍यो ।

फाइनलमा पराजित भएपनि आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका कप्तान खामिर गिल्सन राई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी चर्च ब्वाइजका अबायोमी फकुन्ले र मछिन्द्रका युसुफ मलिक सर्वाधिक गोलकर्ता बने । दुवैले समान ३ गोल गरेका थिए । सर्वाधिक गोलकर्ताले नगद २५ हजार बाँडे ।

यस्तै चर्च ब्वाइजका टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर र प्रशिक्षक सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

काँकरभिट्टाका दिवस उराउ उत्कृष्ट डिफेण्डर,  र काँकरभिट्टाकै पर्शु राई उदीयमन खेलाडी घोषित भए । उत्कृष्ट किपर, डिफेण्डर र प्रशिक्षकले समान २१ हजार तथा उदीयमान खेलाडीले १५ हजार प्राप्त गरे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -