Saturday, March 15, 2025
घरसमाचारहत्यादेखि शृङ्खलाबद्ध लुटपाटका मुख्य अभियुक्त बुद्धिमान समातिए, दाइसँग मिलेर गर्थे अपराध

हत्यादेखि शृङ्खलाबद्ध लुटपाटका मुख्य अभियुक्त बुद्धिमान समातिए, दाइसँग मिलेर गर्थे अपराध

१ चैत, काठमाडौं । दाजुभाइ मिलेर श्रृङ्‍खलाबद्ध रूपमा लुटपाटदेखि हत्या गर्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४८ वर्षीय बुद्धिमान तामाङलाई १ चैतमा सीआईबीले ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी हत्यादेखि लुटपाटका मुख्य अभियुक्त रहेको खुलेको छ ।

गुल्मीमा एक महिलाको हत्या आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । तर तामाङमाथि अनुसन्धान गर्दै थप चार वटा मुद्दामा फरार रहको खुलेको छ । तीन वटा मुद्दा भने उनीहरूविरुद्ध चलिसकेको पाइएको छ । गुल्मीमा महिला हत्याको घटना समेत जोड्दा उनी आठ वटा फौजदारी कसुर मुद्दाका अभियुक्त रहेको पाइएको सीआईबीका एसपी तथा प्रवक्ता सुधिरराज शाही बताउँछन् ।

सीआईबीले तामाङलाई गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारा घर भएकी गोपालकुमारी शेरचनको हत्या आरोपमा पक्राउ गरेको थियो । ५८ वर्षे शेरचनलाई तामाङसमेतका व्यक्तिले १५ माघ २०७९ मा हत्या गरेका थिए । गंगा होटल सञ्चालिका समेत रहेकी शेरचनलाई टेपले हातखुट्टा बाँधेर हत्या गरिएको थियो । घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिएपछि स्थानीय प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

स्थानीय प्रहरीले मात्रै घटना सुल्झाउन नसकेपछि सीआईबीले समेत यो घटनाको अनुसन्धान गरेको थियो । यसअघि यो मुद्दामा प्रहरीले बागलुङको बडीगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुर घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोक घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने शिवबहादुर तामाङलाई सीआईबीले पक्राउ गरेको थियो ।

बुद्धिमानले आफ्ना दाइ वीरमानका साथै बर्मेली राजेश भनिने महेशकुमार खड्का र राजकुमार दनुवारसँग मिलेर श्रृङ्खलाबद्ध लुटपाट गर्ने गरेको सीआईबीका एक अधिकारी बताउँछन् ।

उनीहरू पुर्पक्षका लागि कारागार चलान भएका थिए भने तामाङ फरार थिए । हत्याका मुख्य व्यक्ति नै तामाङ रहेको प्रहरीको भनाइ छ । शेरचनको हत्यापछि उनीसँग भएको करिब १० तोलाको गरगहना लुटपाट गरिएको थियो । काम गर्ने निहुँ बनाएर गुल्मी पुगेका उनले शेरचनको हत्या गरेको प्रहरीको दाबी छ ।

हत्यापछि फरार हुँदै आएका बुद्धिमानलाई सीआईबीले अहिले पक्राउ गरेको छ । उनलाई गुल्मी पठाउने सीआईबीको तयारी छ ।

काभ्रेलाई केन्द्र बनाएर लुटपाट

प्रहरीका अनुसार शेरचन हत्याका अभियुक्त बुद्धिमान पक्राउ परेसँगै उनले गरेका अपराधका थप घटनाहरू खुलेका छन् । उनीविरुद्ध काभ्रेमा मात्रै चार वटा मुद्दा रहेको पाइएको छ । चुनावमा भोट माग्नेदेखि काम गर्ने बहाना बनाएर मान्छेका घरमा प्रवेश गरी उनले चोरी गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

बुद्धिमानले आफ्ना दाइ वीरमानका साथै बर्मेली राजेश भनिने महेशकुमार खड्का र राजकुमार दनुवारसँग मिलेर श्रृङ्खलाबद्ध लुटपाट गर्ने गरेको सीआईबीका एक अधिकारी बताउँछन् ।

गुल्मीमा होटल सञ्चालिक महिला शेरचनको हत्यामा भने बुद्धिमानले अरू नै व्यक्तिलाई प्रयोग गरेका थिए ।

चोरीमा यसअघि सीआईबीले नै बुद्धिमानका दाइ वीरमान, महेश र राजकुमारलाई समेत पक्राउ गरेर काभ्रे पठाइसकेको छ ।

विशेषगरी गरगहना तथा नगद भएका महिलाको बारेमा पूर्वसूचना लिएर लुटपाटको योजना बनाँदै तामाङको समूहले डाँकाचोरीको श्रृङ्खला चलाएको प्रहरीको भनाइ छ ।

२७ कात्तिक २०७९ मा काभ्रेको धुलिखेलमा बेली तामाङको घरमा लुटपाट गरेको आरोप छ । बेलीको घरमा दुई बच्चा, बेली र सासु थिए । साँझको समयमा भोट माग्ने निहुँ बनाएर तामाङको समूह बेलीको घरमा पुगेको थियो । बेलीलाई आक्रमण गरेर घाइते समेत बनाएर लुटपाट गरिएको थियो । त्यतिबेला चार जनाको समूहले नगद तथा गरगहना लुटेको प्रहरीको भनाइ छ ।

तामाङको समूहले डर धाक देखाउने र त्यति गर्दा समेत नमानेको धारिलो हतियार समेत देखाएर लुट्ने गरेको पाइएको प्रहरीको भनाइ छ । त्यति गर्दा समेत नमानेमा धारिलो हतियार समेत देखाएर तर्साउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । यो मुद्दामा तामाङविरुद्ध काभ्रे प्रहरीमा डाँकाचोरीको जाहेरी परेको छ ।

यही घटनामा बुद्धिमानका तामाङका दाइ वीरनमान समेत पक्राउ गरेका छन् । दाजुभाइसमेतको मिलेमतोमा समूह बनाएर श्रृङ्खलाबद्ध रूपमा आपराधिक गतिविधिहरू गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।

काभ्रेमै २०८० सालमा भएका तीन वटा डाँकाचोरीको घटनामा बुद्धिमानको संलग्नता देखिएको एसपी शाहीले बताए । २०८१ साउनमा पनौतीको एक खाजा घरका सञ्चालकमाथि तामाङ समूहले डाँका चोरी गरेको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार त्यतिबेला उनीहरूले ४० हजार रुपैयाँ लुटेका थिए ।

४ माघ २०८१ मा बनेपामा फेरि डाँकाचोरी गरेको खुलेको प्रहरीको भनाइ छ । एक घरमा तामाङको समूह पसेर डकैती गरेको थियो । यसको १० दिन नबित्दै १३ माघमा फेरि बनेपाकै एक घरमा डाँका चोरी गरेको प्रहरीको दाबी छ ।

तीन मुद्दामा पक्राउ परेर कारबाही

यो बाहेक उनीविरुद्धका तीन वटा मुद्दा भने अदालतमा पुगिसेकका छन् । तामाङलाई सुरुमा डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । ६ चैत २०६१ मा उनीविरुद्ध काठमाडौंबाट डलर ठगीको कसुरमा मुद्दा चलेको थियो ।

उक्त मुद्दाबाट छुटेपछि उनीविरुद्ध २२ फागुन २०६२ मा ललितपुरबाट डाँकाचोरीको मुद्दा चलेको प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा देखिएको प्रहरीको भनाइ छ । यो डाँका चोरीमा भने कारागार चलान भएकाम उनी करिब एक वर्ष कैद बसेर बाहिर निस्केका थिए ।

त्यसपछि २०७८ मा उनीविरुद्ध सिन्धुपाल्चोकबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । बुद्धिमानविरुद्ध अहिलेसम्म एक वटा कर्तव्य ज्यानको कसुर, १ वटा ठगी, १ वटा अभद्र व्यवहारको कसुर र ५ वटा डाँकाचोरीको मुद्दा जाहेरी परिसकेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -