Saturday, March 15, 2025
घरसमाचार१५ दिने माध्यमिकी परिक्रमा सम्पन्न, मिथिलाञ्चलमा भोलिमात्र होली

१५ दिने माध्यमिकी परिक्रमा सम्पन्न, मिथिलाञ्चलमा भोलिमात्र होली

१ चैत, जनकपुरधाम । पन्ध्रदिने पदयात्रा मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी पन्ध्रदिने मिथिला परिक्रमा सम्पन्न भएको हो ।

परिक्रमा सकिएकाले भोलि मात्र मिथिलाञ्चल क्षेत्रमा होली खेलिने छ । परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाउने परम्परा रहिआएको छ ।

फागुन औंसींका दिन अर्थात् फागुन १५ गते धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाविहारी मन्दिरबाट डोलासँगै परिक्रमा प्रारम्भ भएको थियो ।

१५ दिने परिक्रमाको क्रममा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औं दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यपरिक्रमा सम्पन्न हुने गर्दछ ।

मध्यपरिक्रमामा सहभागी नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमामा सहभागी हुने गर्दछन् ।

परिक्रमामा रामजानकीको डोलासँगै परम्परागत बाजागाजा सहित मौलिक पहिरनमा नरनारीहरु सहभागी हुने गर्छन् । श्रद्धालुहरु टायर गाडा, साइकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्ने, भुइँ खनेर चुल्हो बनाई त्यसैमा खाना पकाउने, भजनकिर्तन लगायतका कार्यहरु गर्दछन् । परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।

परिक्रमाको क्रममा रात्रि विश्राम गर्ने पन्ध्रवटै स्थलहरुमा स्थानीयहरुले मेला आयोजना गर्दछन् । परिक्रमा तथा मेलामा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट सयौं श्रद्धालुहरुको सहभागिता रहन्छ ।

 

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -