Thursday, March 13, 2025
घरसमाचारसरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

फाइल तस्वीर


२९ फागुन, काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ ।

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।

कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै छ । तर, सिँचाइ अभावले चैते धान उत्पादन धेरै क्षेत्रफलमा विस्तार हुन सकेको छैन । असारे र चैते गरी नेपालमा साढे १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -