Thursday, March 13, 2025
घरसमाचारकपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकपको उपाधी

कपिलवस्तु ११ ले जित्यो सैनामैना गोल्डकपको उपाधी

२८ फागुन, बुटवल । कपिलवस्तु ११ ले रुपन्देहीको सैनामैना मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

मुर्गिया फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको बुधबार सैनामैना रंगशालामा भएको फाईनलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ ले च्याम्पियन बनको हो ।

कपिवस्तु ११ का लागि विदेशी खेलाडी मोहम्मदले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का तर्फबाट खेलेका विदेशी खेलाडी मोहम्मदले डि बक्समा पाएको अवसरलाई गोलमा परिणत गर्दै कपिलवस्तु ११ लाई अग्रत दिलाएका थिए । त्यही गोल उपाधि जिताउन निर्णायक बन्यो ।

फाइनल खेलमा कपिलवस्तु ११ ले ५ जना र अभिषेक चर्चले ४ जना विदेशी खेलाडी मैदानमा उतारेका थिए ।

१० दिनसम्म चलेको प्रतियोगितामा नेपालका दुई विभागीय र भारतको एक सहित १० टिमको सहभागिता थियो ।

प्रतियोगितामा उपाधी विजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजयी टिम र खेलाडीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -