२५ फागुन, काठमाडौं । आइतबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।