Sunday, March 9, 2025
घरसमाचारच्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड खेल्दै

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड खेल्दै

२५ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २:४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।

भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो ।

सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो । संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेको थियो ।

अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्‍याउने अवसर छ । उक्त अवसरलाई अन्तिम नतिजामा बदल्न किवि टोलीले भारतको बलियो टोलीलाई हराउनुपर्नेछ ।

अर्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फर्म्याटको आईसीसी प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लोपटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसअघि सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २००२ को च्याम्पियन्स ट्रफी भारतले जितेको थियो ।

भारत र न्युजिल्याण्ड आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ ।

आईसीसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म ३ पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड २ तथा भारत १ खेलमा विजयी भएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -