Sunday, March 9, 2025
घरसमाचारनेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

२३ फागुन, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले यसअघि सर्वसाधारणलाई निष्कासन गरेको सेयर आज बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल १८ लाख ६ हजार ७६२ कित्ता आवेदन रितपूर्वक परेका थिए । यी आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले पाएका छन् ।

आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -