२२ फागुन, काठमाडौं । भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास लिने निर्णय फिर्ता लिएका छन् । गत जेठमा सन्यासको घोषणा गरेका सुनिलले फेरि भारतीय टिमबाट खेल्ने भएका हुन् ।
४० वर्षीय क्षेत्रीले गएको जुन ६ मा कुवेतविरुद्ध भारतका लागि पछिल्लोपटक खेलेका थिए । त्यसपछि सन्यास लिएका उनले उक्त निर्णय फिर्ता लिएका हुन् ।
क्षेत्रीले भारतको सिनियर टोलीबाट १५० खेल खेल्दा कुल ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा उनी चौथो नम्बरमा रहेका छन् ।
सुनिलले चिरपरिचित प्रतिद्वन्दी नेपालविरुद्ध सर्वाधिक ९ गोल गरेका छन् । उनले १२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका थिए । पहिलो खेलमै उनले गोल समेत गरेका थिए ।
सन्यास फिर्ता लिएसँगै सुनिल मार्चमा फिफा विन्डोका दौरान हुने खेलका लागि भारतीय टोलीमा पनि परेका छन् ।