२२ फागुन, बाँके । राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको हो। फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ ।
पहिलो हाफको १९औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औं मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा राइजिङ स्टार ५–४ ले विजयी बनेको हो ।
खेलको म्यान द म्याच राइजिङ स्टारका फाकुन्ले घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ ।