दाङ । देउखुरीको सतबरियामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका गणेश चौधरीको मृत्यु भएको छ ।
लमही–८ सतबरिया निवासी ३३ बर्षिय गणेशको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।
लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा१प ६०३९ नम्बरको मोटरसाइकल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
गणेश चौधरीसँगै सवार सम्पर्क विहीन भएका बर्ष ४२ का सन्तबहादुर चौधरीलाई नियन्त्रणमा लिएको अमिलिया प्रहरी प्रमुख भवानी प्रसाद धमलाले जानकारी दिनकारी दिनुभयो ।
प्रहरी धमलाका अनुसार सन्त बहादुरले आफै मोटरसाइकल चलाएको स्वीकार गरेका छन् । सडक साँघुरो भएको र रातीको समय भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरी प्रमुख धमलाले बताउनुभयो। दुर्घटनास्थलमा सडक डिभिजन कार्यालय अन्तरगतको योजनाको काम भइरहेको छ ।