Friday, March 7, 2025
घरसमाचार७ जना महिला फिल्मकर्मीलाई सम्मान प्रदान

७ जना महिला फिल्मकर्मीलाई सम्मान प्रदान

काठमाडौं । चलचित्र विकास बोर्डमा आयोजित ३ दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो ।

तेस्रो तथा अन्तिम दिन विहिबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि थिइन् । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन् ।

महोत्सवमा ऐतिहासिक नेपाली फिल्म ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । यो फिल्मका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीले तयार पारेका थिए । महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि थिइन् ।

सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु फिल्म देखाइयो । सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो ।

विहिबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मंचन गरियो । घरेलु फिल्मको विकासमा योगदान पुर्‍याएबापत ७ जना महिला स्रष्टालाई सम्मान प्रदान गरियो । अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठलाई सम्मान गरियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -