Thursday, March 6, 2025
घरसमाचारकरार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने गरि खुल्ला...

करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागि उमेर हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागी उमेर हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुने गरि विधेयक अघि बढाएको छ । 

सरकारले प्रदेशको स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ मा त्यस्तो व्यवस्था गर्न लागेको हो । 

अहिले उक्त विधेयक छलफलको चरणमा रहेको छ । प्रदेश सरकारले चाडै उक्त विधेयक प्रदेश सभाका दर्ता गर्ने तयारी गरेको बुझिएको छ । प्रदेश लोक सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्दै आएको छ । 

प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीको हकमा एक पटकका लागि उमेर हद नलाग्ने गरि  खुल्ला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न लागिएको र उक्त विधेयक सबैलाई लाभ पुग्ने गरि आउने जनाएको छ । 

यो विधेयक पारित भएमा प्रदेश लोकसेवा आयोगले स्थायी दरबन्दी पदपूर्ति गर्ने खुला प्रतिस्पर्धामा अस्थायी र करार सेवामा कार्यरत सबै कर्मचारीलाई स्थायी पदमा प्रतिस्पर्धा गर्न बाटो खुल्ने छ । 

मुख्यमन्त्री कमल बहादुर शाहले स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ माथी छलफल भएको बताउनु भयो । उहाँले विधेयकका सम्बन्धमा सत्ता गठबन्धन दलका नेताहरू र विषयगत समितिका सभापति तथा सम्बद्ध निकायका पदाधिकारी लगायतसँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

‘अहिले विधेयक छलफलको चरणमा छ, एक दुई दिन भित्रै प्रदेश सभामा दर्ता हुन्छ, प्रदेश सरकार उक्त विधेयकलाई लिएर गम्भीर र संवेदनशील  छ, बाहिरी प्रचार गरिएजस्तो विधेयक छैन, अनावश्यक हल्ला फैलाइएको छ, मुख्यमन्त्रीले भन्नुभयो ।’

अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुने गरि विधेयक आउने उहाँले बताउनु भयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -