Thursday, March 6, 2025
घरक्राइम चेकसंसद सबल बन्दा लोकतन्त्र मजबुत : सांसद ढकाल

संसद सबल बन्दा लोकतन्त्र मजबुत : सांसद ढकाल

काठमाडौं । प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले संसदको सशक्त भूमिका बिना लोकतन्त्र मजबुत हुन नसक्ने धारणा राख्नुभएको छ।

बिहीबारको संसद बैठकमा बोल्दै सांसद ढकालले सुशासन सुनिश्चित गर्न संसदको प्रभावकारिता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार विषयवस्तुमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो।

सांसद ढकालले ४४ वटा मित्रराष्ट्रहरूसँगको सम्बन्ध सुदृढ बनाउन गठन गरिएको संसदीय मैत्री समूहलाई अझ प्रभावकारी बनाउन सभामुखको स्पष्ट मार्गनिर्देशन आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, निर्माणाधीन नयाँ संसद भवनमा सबै सांसदहरूका लागि अनिवार्य रूपमा कार्यकक्षको व्यवस्था गर्नुपर्ने माग पनि गर्नुभयो।

हाल सांसदहरूलाई अतिथि तथा आगन्तुकसँग भेटघाट गर्न सुविधाजनक स्थानको अभावमा नजिकैको चिया पसलमा जानुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यो समस्या समाधान गर्न उपयुक्त पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सांसद ढकालले नयाँ संसद भवन प्रविधिमैत्री हुनुपर्ने आवश्यकता औंल्याउँदै भवनभित्र मुस्लिम समुदायका सांसद तथा कर्मचारीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै प्रार्थना कक्षको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -