२१ फागुन, विराटनगर । नेकपा (एमाले) माेरङकाे नयाँ नेतृत्वका लागि भएको मतदानमा ८ सय ८८ मत खसेकाे छ ।
विराटनगरमा जारी १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि आज बिहानबाट मतदान सुरु भएको थियाे । मतदानका लागि ताेकिएकाे अवधिमा ८ सय ८८ मत खसेकाे मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । जिल्ला अधिवेशनमा ९११ जना मतदाता थिए । २३ जना प्रतिनिधि मतदानमा सहभागी भएनन् ।
१६५ सदस्यीय नयाँ जिल्ला कमिटी मध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । बाँकी पदका लागि निर्वाचन भएको थियाे ।
जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
मतगणना भने भाेलिबाट हुनेछ ।