Friday, March 7, 2025
घरसमाचारविदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले चाहे पढाउने केयूको निर्णय

विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले चाहे पढाउने केयूको निर्णय

२१ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले क्रेडिट ट्रान्सफर गरेर आएमा पढाउने निर्णय गरेको छ ।

केयूका प्रवक्ता एक्कुमाया पुनका अनुसार ‘क्रेडिट अकुमुलेशन फ्रेमवर्क’ अन्तर्गत विश्वभरका विद्यार्थीलाई आफ्नो शैक्षिक क्रेडिट स्थानान्तरण (क्रेडिट ट्रान्सफर) गरी केयूबाट शैक्षिक कार्यक्रम पुरा गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

हालै भारतको भुवनेश्वरस्थित केआईआईटी कलेज घटनापछि केयूले विद्यार्थीले चाहेमा पढाउने निर्णय गरेको हो ।

कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयका विद्यार्थीले केयूका नियमहरू पूरा गरेर क्रेडिट स्थानान्तरणको सुविधा प्राप्त गर्न सक्ने पुनले बताइन् ।

‘डिग्री केयूले दिन्छ । विद्यार्थी अध्ययनरत विश्वविद्यालयसँग सहकार्य छ भने केयूले संयुक्त/दोहोरो डिग्री पनि दिन सक्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीले पूरा कार्यक्रमको शुल्क भुक्तानी गर्नुनपर्ने केयूले जनाएको छ । ‘केयूमा लिने क्रेडिटको शुल्क मात्र भुक्तानी गर्दा हुन्छ,’ उनले भनिन् ।

विद्यार्थीको शैक्षिक रेकर्ड तथा दुई विश्वविद्यालयका कार्यक्रमबीचको सामान्जस्यताका आधारमा योग्यता मूल्याङ्कन गरिने केयूले जनाएको छ ।

केयूका अनुसार क्रेडिट स्थानान्तरण गर्ने विद्यार्थीले नियमित विद्यार्थीसरह छात्रवृत्ति तथा अन्य अवसर पाउने छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -