Tuesday, March 4, 2025
घरसमाचारसामसुङले सार्वजनिक गर्‍यो तीन नयाँ स्मार्टफोन

सामसुङले सार्वजनिक गर्‍यो तीन नयाँ स्मार्टफोन

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्ना तीनवटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस सुरु हुनुअघि सामसुङले Samsung Galaxy A56 5G, Galaxy A36 5G र Galaxy A26 5G सार्वजनिक गरेको हो ।

ग्यालेक्सी ए सिरिजका यी तीन फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ ।

यसका अलावा यी तिनै फोनमा २५६जिबी सम्मको स्टोरेज छ भने एन्ड्रोइड १५ अपरेटिंग सिस्टम रहेको छ ।

सामसुङका अनुसार ए५६ फाइभजी मोडेलमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भएको फोनको मूल्य ३ सय ७९ युरो छ भने २५६ जिबी स्टोरेज मोडेलको मूल्य ५ सय २९ युरो तोकिएको छ । यो फोन विभिन्न चारवटा रंगमा उपलब्ध छ ।

त्यसैग्री ए ३६ फाइभजीको १२८ जिबी स्टोरेज भएको मोडेलको मूल्य ३ सय ९९ युरो र २ सय ५६ जिबी भेरिएन्टको मूल्य ४ सय ४९ युरो रहेको छ ।

त्यस्तै ए २६फाइजीको १२८ जिबी स्टोरेज भेरिएन्टको मूल्य २ सय ९९ युरो र २५६ जिबी मोडेलको मूल्य ३ सय ६९ युरो तोकिएको छ । यो फोन पनि विभिन्न चारवटा कलरमा उपलब्ध हुनेछ ।

यी सबै सामसुङ ग्यालेक्सी ए सिरिज स्मार्टफोनहरु एन्ड्रोइड १५ आधारित इलभ One UI 7 मा चल्दछन् । साथै यी फोनमा ६ वर्षसम्मको अपरेटिंग सिस्टम र सेक्योरिटी अपडेट प्राप्त हुनेछ ।

ग्योक्सी ए ५६फाइभ जी मा एक्जिनोस १५८० चिपसेट रहेको छ । जबकि ए २६ मा एक्जिनोस १३८० रहेको छ । त्यसैगरी ग्यालेक्सी ए ३६ मा चाहीँ स्नापड्रागन ६जेन थ्री चिप रहेको छ । यी फोनमा अटो ट्रिम, बेस्ट फेस, एआई सेलेक्ट तथा रिड अलाउड जस्ता एआई फिचर रहेका छन् ।

यी तीनवटै मोडेलमा ५० मेगापिक्सेलको मूख्य क्यामेरा रहेको छ, जसमा अप्टिकल इमेज स्टाबिलाइजेसन फिचर रहेको छ । ग्यालेक्सी ए ५६ र ग्यालेक्सी ए ३६ मा क्रमशः १२ मेगापिक्सेल र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । साथै ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा पनि रहेको छ । ग्यालेक्सी ए २६ मा चाहीँ ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ ।

ग्यालेक्सी ए ५६ र ग्यालेक्सी ए ३६ मा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने ए २६ मोडेलमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यी तीनवटै फोनमा फाइभ जी, फोर जी एलटिइ, वाइफाइ, ब्लुटुथ, ५.३ जिपिएस तथा युएसबी टाइप सी पोर्ट लगायतका कनेक्टिभिटी उपलब्ध छन् ।

यी फोनमा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । ए ५६ र ए ३६ ले ४५ वाट चार्जिंग सपोर्ट गर्दछ जबकि ग्यालेक्सी ए २६ले चाहीँ २५ मेगावाट चार्जिंग सपोर्ट गर्दछ । यी स्मार्टफोनले धुलो तथा पानी प्रतिरोधी गुणका लागि IP67 रेटिंग प्राप्त गरेका छन्। एजेन्सीको सहयोगमा

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -