Friday, March 7, 2025
घरसमाचारनेपाली र हिन्दी भाषामा फिल्म ‘अभिमन्यु’ बन्ने

नेपाली र हिन्दी भाषामा फिल्म ‘अभिमन्यु’ बन्ने

काठमाडौं । चक्रब्यूह र पैसाबीचको संघर्षलाई लिएर फिल्म ‘अभिमन्यु’ निर्माण हुने भएको छ । निर्माताले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै साउन २४ गते प्रदर्शन मिति तय गरेका छन् ।

थिम पोस्टरमा ‘चक्रब्यूह’को सांकेतिक फोटो र पैसा उडेको देख्न सकिन्छ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने बताइएकोया फिल्मको पोस्टर हेर्दा यसको कथावस्तु पैसाको दलदलमा फसेको कुनै पात्रको कथा हुने बुझ्न सकिन्छ ।

सेभेन सिज सिनेमा कम्पनीको प्रस्तुति रहने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । क्रिएटिभ निर्देशकमा मदन थापा छन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

सहनिर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ छन् । कलाकार र कथावस्तुबारे विस्तृत खुलाइएको छैन ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -