१७ फागुन, काठमाडौं । सुनसरीमा सम्पन्न कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टर्सले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा भोक्राह नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै नमुनाले उपाधि जितेको हो ।
नमुनाले दिएको २०८ रनको लक्ष्य पछ्याएको भोक्राहले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । सुजन थपलियाले सर्वाधिक ३३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेलको आक्रामक ब्याटिङ मद्दतमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
दीपेन्द्रले ७८ तथा भुर्तेलले ५३ रन बनाए । कुशल मल्लले ४३ रन बनाएका थिए । भोक्राहाका लागि सन्दीप ढुंगानाले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे ।