११ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन भएको छ ।
रिक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको हो ।
उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको समितिमा मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ । नेप्सेको सीईओमा पूँजी बजारको विषयमा गहिरो ज्ञान, व्यावसायिक क्षमता भएको र नेप्सेको पुर्नसंरचना गराउन सक्ने व्यक्ति नियुक्त गर्न कर्मचारी संघले माग गर्दै आएको छ ।