Wednesday, February 12, 2025
घरसमाचारनेपथ्यले फागुन १९ देखि अस्ट्रेलिया टूर थाल्ने

नेपथ्यले फागुन १९ देखि अस्ट्रेलिया टूर थाल्ने

अमेरिकाको कोलोराडोमा प्रस्तुति दिँदै ब्यान्ड : फाइल तस्वीर


काठमाडौं । अमेरिका टूरको ६ महिनापछि लोकपप सांगीतिक समूह नेपथ्यले अस्ट्रेलिया टूर घोषणा गरेको छ । १९ फागुन (३ मार्च)मा अस्ट्रेलियाली राजधानी क्यानबेराबाट टूर सुरु हुने जनाइएको छ ।

नेपथ्यले वेब-साइटमार्फत टूर घोषणा गरेको हो । क्यानबेरापछि पर्थमा ९ मार्च, ब्रिसबेनमा १४ मार्च, होबर्टमा १८ मार्च, एडिलेडमा २१ मार्च, मेलबर्नमा २४ मार्च र २९ मार्चमा सिड्नीमा ब्याण्डले प्रस्तुति दिनेछ ।

अस्ट्रेलिया टूर घोषणापछि नेपालीको बाक्लो बसोबास रहेको त्यहाँ प्रशंसक उत्साहित छन् । गत साउन तेस्रो साता ब्याण्डले कोलोराडोबाट अमेरिका टूरको थालनी गरेको थियो ।

नेपथ्यको लाइनअपमा मुख्य गायक अमृत गुरुङसहित ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -