Wednesday, January 29, 2025
घरसमाचारराप्ती गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

राप्ती गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

१४ माघ, चितवन। दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको हो ।

गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

समझदारी पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार-प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।

भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुने बताइन् ।

त्यस्तै उनले दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने उल्लेख गरिन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले राप्तीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गरे।

भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उनको भनाइ थियो।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -