Tuesday, March 4, 2025
घरसमाचारठमेलको एक होटलमा २१ वर्षीया युवतीको शव फेला

ठमेलको एक होटलमा २१ वर्षीया युवतीको शव फेला

फाइल तस्वीर


१३ माघ, काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको प्रहरीले जनाएको छ ।

रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको हो । उनी सोही होटलमा बसेकी थिइन् ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -