७ माघ, काठमाडौं । एन्फा महिला लिग अन्तर्गत सुपर लिगको प्लेअफ चरणका खेलको सयम र स्थान परिवर्तन भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सोमबार सुपर लिग खेलिरहेका ५ टोलीलाई पत्र पठाउँदै प्लेअफका चार मध्ये दुई खेलको समय र एलिमिनेटर खेलको स्थान परिवर्तन भएको जानकारी गराएको छ ।
यसअघि एलिमेनेटरसहित क्वालिफार वान, क्वालिफायर टु सहित फाइनल खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने तय थियो ।
तर एन्फाले एलिमिनेटर खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारेको छ भने दशरथ रंगशालमा हुने बाँकी तीन मध्ये दुई खेलको समय सारेको छ । फाइनल खेलको समय र स्थान भने यथावत छ ।
क्वालिफायर वान र ६ सहित फाइनल खेल अब बिहान १० बजे सुरु हुनेछ । एलिमिनेटर भने २ बजे नै सुरु हुनेछ ।
यही माघ १० देखि १७ गतेसम्म दशरथ रंगशालमा सभापति कप फुटबल आयोजना हुँदैछ । त्यसैले गर्दा समय मिलाउन एन्फाले महिला लिगको प्लेअफको समय सारेको हो । एन्फाले समय सार्नुको कारण नखुलाएपनि सभापति कपकै कारण खेलको समय सारिएको प्रष्ट हुन्छ ।
नयाँ समय अनुसार अब एलिमिनेटर खेल माघ ११ गते दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । एमिनेटरमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब भिड्नेछन् । यसैगरी क्वालिफायर वान माघ १२ गते बहान १० दशरथ रंगशालमा हुनेछ । दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच क्वालिफायर वान हुनेछ । क्वालिफायर टु माघ १४ गते बिहान दशरथ रंगशालमा हुनेछ । फाइनल खेल माघ १६ गते हुनेछ । फाइनल खेल भने दिउँसो २ बजे नै दशरथ रंगशालामै हुनेछ । माघ १८ गते सभापति कपमा कुनै खेल हुने छैन ।