Monday, January 20, 2025
घरसमाचारस्थानीय तहलाई सञ्चार नीति कार्यान्वयनमा ल्याउन पत्रकार महासङ्घ बाँकेको आग्रह

स्थानीय तहलाई सञ्चार नीति कार्यान्वयनमा ल्याउन पत्रकार महासङ्घ बाँकेको आग्रह




नेपालगञ्ज । नेपाल पत्रकार महासङ्घ बाँके शाखाले सञ्चार नीति नबनाएका बाँकेका स्थानीय तहहरूलाई तत्काल सञ्चार नीति बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । जिल्ला कार्यसमिति बैठकले सञ्चार नीति बनाई सञ्चार सम्बन्धि नीति र कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन ध्यानाकर्षण गर्ने निर्णय गरेको हो । त्यसका लागि समन्वय, सहकार्य र सहजीकरण गर्न तयार र प्रतिबद्ध रहेको महासङ्घले जनाएको छ ।

अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासङ्घ बाँके शाखाको कार्यालय रहेको नेपालगञ्ज उपमहानगरपालिका–४ सञ्चार ग्राम (बसपार्क) स्थित जग्गा संरक्षण गर्ने हेतुले सम्बन्धित सरोकारवालासँग सार्थक संवाद र सहजीकरण गर्ने गरी शाखा अध्यक्ष गिरीको संयोजकत्वमा सम्पूर्ण पूर्व अध्यक्षहरू र आस्थागत सङ्गठनहरूका अध्यक्षहरू सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय पनि गरेको सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ बाँके शाखा कार्यालयमा रहेका ५ वटा सटर भाडामा रहेको र ती सटर आम्दानीको मुख्य स्रोत भएकाले तिनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न कोषाध्यक्ष सुनिल रेग्मीको संयोजकत्वमा कार्यसमिति सदस्य द्वय रविन्द्र घिमिरे र पहलबहादुर केसी सदस्य रहने गरी ३ सदस्यीय समिति बनाउने निर्णय समेत गरिएको छ । निर्णय प्रक्रियालाई छिटो–छरितो र सहज बनाउन कार्यसमितिका पदाधिकारी रहने गरी सचिवालय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले माघ ८ गते मङ्गलवार ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वय–सहकार्यमा ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सचिव ओलीले बताउनुभयो । उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष तिलक गाउँलेको संयोजकत्वमा सहसचिव भगतराम थारू र कार्यसमिति सदस्य रजनी योगी सदस्य रहने गरी ३ सदस्यीय कार्यक्रम संयोजन समिति बनाउने निर्णय गरिएको छ ।

यसैगरी बैठकले माघ अन्तिम साता डुडुवा गाउँपालिकाको समन्वय–सहकार्यमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धनार्थ डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित सिद्धि विनायक लायन्स पार्कमा ‘पत्रकार सद्भाव वनभोज ९पिकनिक०’ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सहसचिव रविन्द्र सिंह ठकुरी, कार्यसमिति सदस्यहरू समिरमान श्रेष्ठ, धना बिष्ट केसी र निर्मला चौधरी सदस्य रहने गरी ५ सदस्यीय कार्यक्रम संयोजन समिति गठन गर्ने निर्णय गरिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -