६ माघ, काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को जिल्ला शाखा काठमाडौंको अध्यक्षमा भीम बहादुर लामा निर्वाचित भएका छन् ।
आइतबार काठमाडौंमा सम्पन्न फोनिजको ७ औ जिल्ला अधिवेशबाट लामा अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै फोनिको उपाध्यक्षमा सुदिना श्रेष्ठ निर्वाचित भएकी छिन् भने सचिवमा रत्नकाजी महर्जन सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
यस्तै फोनिजको कोषाध्यक्षमा दीपा सुनुवार सर्वसम्मतीले चयन भएकी छिन् भने सह-सचिव(महिला)मा नितु डंगोल निर्वाचित भएकी छिन् ।
यसैगरी फोनिज काठमाडौं शाखाको सदस्यहरूमा खुल्लातर्फ वेदबहादुर गुरूङ र किच: सिंह डंगोल निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यतर्फ राधिका लो, सरला चौधरी, सिर्जना मगर र अन्जना राई निर्वाचित भएका छन् भने संस्थागतर्फ अजय खड्गी र पासा काजी शेर्पा निर्वाचित भएका छन् ।
फोनिजले जिल्ला अधिवेशनबाट संघीय र प्रदेश प्रतिनिधिहरू समेत निर्वाचित गरेको छ । संघीयतर्फ ७ महिला र १३ खुल्ला गरी २० जना तथा प्रदेशतर्फ ९ महिलासहित २० गरी २६ जना निर्वाचित गरेको छ ।