वीरगंज/वीरगंज उद्योग वाणिज्य संघकोे आसन्न निर्वाचनमा मधेश र संघीयता विरोधी भनेर चिनिएका हरि गाैतम आफूलाई अध्यक्षकोे उम्मेदवारकोे रूपमा प्रस्तुत गरेको बुझिएको छ। उद्योग वाणिज्य संघ वीरगंजका पूर्व अध्यक्ष गणेश लाठ र अशोक टेमानीकोे प्रिय पात्र भएको पहिचान बनाएर वरिष्ठ उपाध्यक्ष पदमा पुग्न सफल भएका गौतम अब आफ्नो स्वाभाविक दावेदारी भएको चर्चा गर्दै हिँडिरहेका छन्।
वीरगंजकोे पत्रपत्रिका र मीडिया प्रति साह्रै अनुदार गौतम काठमाडौँकोे मीडियामा पैसा तिरेर आफ्नो नाउँमा लेख छपाउन भन्ने बिर्सदैनन्। आफ्नो फेसबुकमा संघीयताको बिरोध गर्दै स्टाटस हाल्ने गौतम आफैँ मधेश प्रदेशकोे राेजगार समितिकोे संयोजक बने पछि अध्यक्ष अशोक टेमानीसँग फोटो खिचेर आफ्नै फेसबुकमा राख्न पनि पछि पर्दैनन्। दोधारे चरित्रका धनी गौतम वीरगंजका ब्यापारीहरुकोे कमी कमजोरी ताल्लुक वाला अड्डाका हाकिमलाई बताएर बिचौलियाको धन्दा समेत गर्ने गरेकोले यहाँका उद्योगपति ब्यापारीहरु गौतमको बिकल्पको खोजीमा लागेको बुझिएको छ।