२७ पुस, काठमाडौं । हुम्लामा ८ वर्षको अवधिमा २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ८ वर्षको अवधिमा १५ वटा सवारी दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको हो । यो अवधिमा दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले दिएको जनाकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा १६ जना पुरुष,५ जना र ३ जना बालबालिका रहेका छन् ।
आर्थिक वर्ष ०७४/०७५ मा १ जना पुरुषको सवारी दुर्घटना ज्यान गएको छ भने एक जना पुरुष गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ०७५/०७६ मा ट्रयाक्टर दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७६/०७७ मा ५ जना पुरुष र १ जना महिलाले ज्यान गुमाएका छन ।
यस्तै ०७७/०७८ मा ३ जना पुरुष र २ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।
०७८/७९ मा १ जना बालकले ज्यान गुमाएका छन् । ०७९/०८० मा १ जना पुरुषले ज्यान गुमाएका छन भने २ जना गम्भीर घाइते भएका छन । ०८०/०८१ म २ जना पुरुष १ जना महिला १ जना बालकले ज्यान गुमाएका छन् ।
०८१/०८२ मा ३ जना पुरुष १ महिला २ जना बालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख छ ।