काठमाडौं ।नेपाल समाजवादी पार्टीले कवडा व्यवसायीलाई काठमाडौं महानगरपालिकाले कानून विपरित दिईरहेको दुख एवं व्यवसायीको कारोवार स्थलमा तोडफोड गरिरहेको प्रति आपती जनाएको छ ।
नेसपाका महासचिव रमेश प्रसाद यादवले एक बिज्ञप्ती जारी गर्दै कवाड व्यवसायीमाथि लगाईएको झुटा आरोप खारेज गर्नुपर्ने र व्यवसायीहरु प्रति गरिएको अन्यायपूर्ण क्रियाकलाप तुरुन्त बन्द गर्न माग गरेका छन् ।
हाल कवाड व्यवसायमा झण्डै एकलाख भन्दा बढी मान्छे प्रत्यक्ष रोजगारमा संलग्न रहेका छन् । कवाड व्यवसायले देशका उधोगलाई कच्चा पदार्थ उपलब्ध गराउँदै रोजगार सिर्जना गर्दै आएको र वातावरणीय सफाईमा महत्वपूर्ण योगदान दिदै आएकोमा काठमाडौं महानगरपालिले कानून विपरित व्यवसाय स्थलमा गरिरहेको तोडफोड बन्द गर्न नेसपाले भनेको छ ।
कानून अनुसार व्यवसाय गर्ने व्यवसायीलाई सुरक्षित वातावरणमा सुनिश्चित गर्न नेसपाले माग गरेको छ । प्रचलित कानून अनुसार दर्ता भई राज्यलाई कर तिर्दै व्यवसायीलाई दुख दिनु आपतीको बिषय भएको नेसपाले भनेको छ ।