Friday, January 10, 2025
घरसमाचारडाक्टरहरूको रिट निवेदनबारे के भन्छन् केयूको भीसी छनोट समिति संयोजक ?

डाक्टरहरूको रिट निवेदनबारे के भन्छन् केयूको भीसी छनोट समिति संयोजक ?

२६ पुस, काठमडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन दिने समय दुई दिन छ । तर, कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू सर्वोच्च अदालत गएका छन् ।

डाक्टरहरू अदालत गएपछि छनोट समितिका संयोजक पूर्वउपकुलपति सुरशेराज शर्मा प्रधानमन्त्री एवं केयूका कुलपति केपी शर्मा ओलीसँग छलफल गर्ने बताउँछन् ।

‘हाम्रो तीन जनाको कमिटी छ । छलफल गरेर कुलपतिलाई जानकारी गराउँछौं,’ उनले भने, ‘दरखास्त दिने समय दुई दिन छ । केही उपाय निकाल्छौँ ।’

योग्यताबारे थप प्रष्ट पारेर अदालतबाट रिट निवेदन फिर्ता लिन लगाउने संकेत संयोजक शर्माले गरे । ‘यो पनि सम्भव छ, कुरा भइरहेको छ,’ उनले भने ।

मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस हो । तर यो योग्यता भएकाले भीसीमा आवेदन दिन नपाउने गरी कार्यविधि आएपछि डाक्टरहरू अदालत गएका हुन् ।

शुक्रबार सर्वोच्च अदालतको रिट निवेदन दर्ता भएको केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुविन्द्र कार्कीले बताए ।

‘छनोट समितिलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अदालत गएका हौँ,’ उनले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -