Friday, January 10, 2025
घरसमाचारराजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको छ : माओवादी निकट कर्मचारी ट्रेड युनियन

राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको छ : माओवादी निकट कर्मचारी ट्रेड युनियन

२६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको टिप्पणी गरेका छन् ।

संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि शुक्रबार संसदको राज्य व्यवस्था समितिको बैठकमा राय प्रस्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

कर्मचारी ट्रेड युनियन सुशासनमा समस्या रहे जस्तो गरी दोषारोपण हुने गरेको उल्लेख गर्दै उनले भने, ‘सरुवाको समस्या ट्रेड युनियनमा होइन अन्त कतै छ । आस्थाका आधारमा सरुवा भइरहेको छ ।’

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले भट्टलाई प्रश्न गरे, ‘यो आस्था भनेको के रहेछ ?’

अध्यक्ष भट्टले जवाफ फर्काए, ‘आस्था भनेको कतै भोट हालेको आधारमा हो । आवश्यकता पर्दा त्यस्तो प्रमाण दिन सकिन्छ ।’

एमाले सांसद श्रेष्ठले ‘ए’ भन्दै आफ्नो कुरा टुंग्याए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्टले आफ्नो मनसाय कर्मचारी सरुवालाई लिएर कर्मचारी ट्रेड युनियनको बदनाम हुने गरेको तर यसको कारण अन्तै रहेको भन्ने बुझ्न आवश्यक रहेको बताए ।

कर्मचारी ट्रेड युनियनलाई सुशासनसँग समेत जोडेर टिप्पणी हुने गरेको भनेर उनले असन्तुष्टि जनाए ।

‘सुशासन कायम हुन्छ भने, यसको जिम्मा कसले लिन्छ ? कसैले लिन्छ भने हामी ट्रेड युनियन खारेज गर्ने बहस गर्न तयार छौँ,’ उनले भने ।

ट्रेड युनियनलाई व्यवस्थित गर्न सकिने तर आफ्नो हक हितका लागि कर्मचारीले ट्रेड युनियन रहनै नपाउने भन्न नमिल्ने उनको आग्रह छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -