Friday, January 10, 2025
घरसमाचारव्यवसायी धम्क्याएको आरोप लागेका प्रसाईं र उनका सहयोगी धरौटीमा रिहा

व्यवसायी धम्क्याएको आरोप लागेका प्रसाईं र उनका सहयोगी धरौटीमा रिहा

२५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोप लागेका झापाका दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीहरूलाई जनही तीन/तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनीहरू दुवै जना धरौटी बुझाएर रिहा भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले बताए ।

प्रसाईंसहित तीन जनाविरुद्ध आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो । अर्का आरोपित रामचन्द्र मैनाली भने फरार थिए ।

प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो । प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो ।

पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली चाहिँ फरार छन् । नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो । त्यसबाहेक दुई व्यवसायीको समेत निवेदन प्रहरी कहाँ पुगेको थियो ।

भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।

उनलाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो ।

पक्राउ परेका फुयलले आफूले राकेश मैनालीले भनेअनुसार अग्रवाललाई धम्की दिएको भनेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -