३०३औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसमा राजा ज्ञानेन्द्रको कड़ा भिडियो वक्तव्य, के भने? सुनौँ…!
काठमाडौं/राजा ज्ञानेन्द्र शाहले सुनको कमण्डलु थापेर अरुसँग भिख नमाग्न आग्रह गर्नु भएको छ ।
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदै उहाँले नेपाल जस्तो श्रोत र साधन भएको देशले त्यसको दुरूपयोग गरेर विदेशी सामु हात फैलाएको प्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न आग्रह गनुृभएको हो ।
प्रकृतिको सुन्दर भण्डारलाई हामी सबै मिलेर समुन्नत बनाउनुको साटो दिनप्रतिदिन मुलुक पराधीनता, परनिर्भता र आत्मग्लानीको दिशातिर बढ्दै जानु दुःखद भएको उहाँको ठम्याइ छ । उहाँले भन्नुभएको छ, राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यस तर्फ जानै पर्दछ ।
हाम्रो देशले लिनु पर्ने समृद्धिको बाटो र हामीले अवलम्बन गर्नु पर्ने चनाखो वैदेशिक दृष्टिका सम्बन्धमा हाम्रा राष्ट्रनिर्माताबाट स्पष्ट निर्देश भएको हो । हाम्रो भौगोलिक र सामाजिक बनौटका आधारमा हामीले यसै अनुरुप आफ्नो मौलिक मुल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्य पद्धति कायम गर्दै जानु पर्ने हो ।
नेपाल कसैको पनि रण मैदान नभएको भन्दै राजा शाहले देशलााई सबैको शान्ति थलो बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले भन्नु भएको छ, नेपाल हाम्रो “साझा घरू हो र हाम्रो “साझा थर नेपाली हो । राजा ज्ञानेन्द्रले विश्वले जुन विचार अनुरुपको राजनीतिक अभ्यास अहिले गरिरहेको छ हामीलाई तीन शताब्दी अघि नै राष्ट्रवाद र आर्थिक समृद्धि लक्षित विचारमा केन्द्रित रहन राष्ट्रनिर्माताले मार्गदर्शन गरिसक्नुभएकाले हामीले आफ्नै मौलिकता र स्वाधिनतालाइृ आत्मसाथ गर्नुृपर्ने बताउनुभयो । दिनप्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भू(राजनीतिक परिस्थितिमा पृथ्वी विचारको सान्दर्भिकता अझ बढेको उहाँको ठम्याइ छ । उहाँले देशको प्रतिष्ठा उच्च राख्न, देशलाई प्रगतिको पथमा अघि बढाउन र सबै क्षेत्रका सबै देशवासीलाई सुखी, शान्त र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएपनि वीरता, स्वाधिनता तथा गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा भने हराएको प्रति सोच्नुपर्ने वेला भएको बताउनुभयो ।
हेर्नुहोस्, राजा ज्ञानेन्द्रले दिनुभएको सन्देश जस्ताको तस्तै
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बक्सेको शुभकामना
नेपाल राष्ट्रका निर्माता एवं एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति एवं राष्ट्रिय एकता दिवसको यो अवसरमा हामी मौसुफप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै नेपाली जनमा मंगलयमय शुभकामना व्यक्त गर्दछौ । जतिबेला विश्व साम्राज्य कसैको अधिनमा थियो संसारका अधिकांस मुलुक औपनिवेशिक नियति भोग्दै थिए । कैयन साना मुलुकहरु आफ्नो अस्तित्व र पहिचान गुमाउँदै थिए । त्यस्तो समयमा साम्राज्यवादका आँखै अघिल्तिर एउटा देश खडा गर्ने सानो चुनौति थिएन । तितर बितर भएर छरिएको र स(सानो भूखण्डमा विभक्त भएको नेपाललाई हाम्रा राष्ट्र निर्माताबाट एक सिङ्गो र सबल राष्ट्रको रुप दिई बक्स्यो। यो विषय केवल भूगोलको मात्र हैन विविधता भिजेको एक सामाजिक समन्वयको कडी पनि थियो । मौसुफबाट देशको आन्तरिक एकता र अविच्छिन्न राष्ट्रिय अस्तित्व रक्षाका सुत्रहरु पनि दिव्य उपदेश मार्फत हामीलाई बक्सेको छ । चारवर्ण छत्तिस जातको साझा फुलबारी नै नेपाल भएको स्मरण गराईबक्सँदै, हाम्रो मौलिक अर्थ व्यवस्था, सांस्कृतिक एवं सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कुटनीति र परराष्ट्रका निती तथा व्यवहारबारे अकाट्य मार्गदर्शन गरिबक्सेको छ ।
मौसुफका मार्ग दर्शनलाई हामीले आत्मसाथ गर्दै तदनुरुप व्यवहार गर्न सक्यौं भने नेपाललाई अनन्तकाल सम्म कसैको छाँयाले नभेट्ने विश्वास हामीले गरेका छौ ।
नेपालको सुरक्षा र समृद्धिका निम्ति हामीले कुनै परदेशीद्धारा मिश्रीत दर्शन, विचार, सिद्धान्त अनुसारको आवश्यकता नपर्ने, केवल राष्ट्रिय निर्माताद्धारा प्रतिपादित सिद्धान्तलाई अवलम्बन मात्र गर्दा हुने ठहर हामीले गरेका छौं । संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफुलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित छौं, गौरवान्वित महशुस गर्दछौं । देश, देशरक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडामहाराजाधिराजबाट बक्सेको दिव्य उपदेशबाट लिन सकिने अवस्था रहँदा रहँदै हामी मध्येकै कतिपय दाजुभाइ दिदीबहिनी किन परायाद्धारा सृजित वाद र विवादको चक्रव्यूहमा फसिरहेका हुन हामी सबैले आत्मसमिक्षा गर्नु पर्ने बेला आएको छ ।
विश्व राजनीतिमा उतार चढाव उत्पन्न हुनु र शाक्ति सन्तुलनको अवस्था फेरबदल भइरहनु स्वभाविक हो । तर संसारमा उत्पन्न भैरहने जुनसुकै स्तरको उतार चढाव र असन्तुलनको स्थितिमा पनि देशलाई सुरक्षित एवं एकताबद्ध राख्ने ज्ञान हामीलाई दिव्य उपदेश मार्फत प्राप्त छ । त्यसैले सबै देशभक्त नेपालीले दिव्य उपदेशलाई आफ्नो मार्ग दर्शन, सिद्धान्त बनाउन उपयुक्त हुने हाम्रो विश्वास छ र सबै शक्ति राष्ट्रहरुको नीति र राजनीति, राष्ट्रवाद र आर्थिक समृद्धि केन्द्रित रहेको महशुस हामी सबैले गरेका छौं । विश्वले जुन विचार अनुरुपको राजनीतिक अभ्यास अहिले गरिरहेका छन हामीलाई तीन शताब्दी अघि नै राष्ट्रवाद र आर्थिक समृद्धि लक्षित विचारमा केन्द्रित रहन मार्गदर्शन भएको छ । दिनप्रतिदिन जटिल र जोखिमपूर्ण बन्दै गएको भू(राजनीतिक परिस्थितिमा पृथ्वी विचारको सान्दर्भिक अझ बढेको हामीले ठानेका छौं । देशको प्रतिष्ठा उच्च राख्न, देशलाई प्रगतिको पथमा अघि बढाउन र सबै क्षेत्रका सबै देशवासीलाई सुखी, शान्त र सन्तुष्ट पार्नु हाम्रो राष्ट्रिय धर्म हो। तर वीरता, स्वाधिनता तथा गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुना भित्र छ ? सोचनीय विषय छ ।
प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो । स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चकले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँस बाँस, कपास, शिक्षा र रोजगारीको सुनिश्चितता सहितको स्वतन्त्रतालाई मात्र हामी पूर्ण प्रजातन्त्र मान्न सक्दछौ । यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझै आम नेपालीको सपनामा सिमित रहेको बुझ्नु पर्दछ । राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजाधिराजको विचार र प्रतिबद्धता हो ।
नेपाल सबै वर्ग, सबै समूह, सबै क्षेत्रका सबै रीति स्थिति र संस्कृतिलाई सम्मान गर्दै र तिनको संरक्षण गर्दै यो प्रकृतिको सुन्दर भण्डारलाई हामी सबै मिलेर समुन्नत बनाउनु पर्दछ । देश सबैको हो । हामी पराधीनता, परनिर्भता र आत्मग्लानीको दिशातिर बढ्दै जानु दुःखद विडम्बना हो । हाम्रो श्रोत र साधन, श्रम र शिप देशको विकासमा पूर्ण रुपमा उपयोग भएको छैन । हाम्रो सामर्थ्य, जनशक्ति निरन्तर बाहिरिदै गएको छ । हामी सुनको कमण्डलु थापेर अरुसंग भिख माग्दै आफ्नो श्रोत र सिपको दुरुपयोग गरिरहेका छौं । राष्ट्रनिर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यस तर्फ जानै पर्दछ ।
हाम्रो देशले लिनु पर्ने समृद्धिको बाटो र हामीले अवलम्बन गर्नु पर्ने चनाखो वैदेशिक दृष्टिका सम्बन्धमा हाम्रा राष्ट्रनिर्माताबाट स्पष्ट निर्देश भएको हो । हाम्रो भौगोलिक र सामाजिक बनौटका आधारमा हामीले यसै अनुरुप आफ्नो मौलिक मुल्य मान्यता र मूल राष्ट्रिय नीति तथा राज्य पद्धति कायम गर्दै जानु पर्ने हो । नेपाल कसैको रण मैदान हैन ( हामी सबैको शान्ति थलो बन्नुपर्दछ । नेपाल हाम्रो “साझा घरू हो र हाम्रो “साझा थरू नेपाली हो । यस्तो एकताको समन्वयको सही राष्ट्रिय दृष्टिकोण भयो भने नै राष्ट्र निर्माताको आकांक्षा पुरा हुदै जान्छ भन्ने हाम्रो धारणा हो । दुनिया जे बाट राजी हुन्छन र आफ्नो धरातलले जे भन्छ त्यसै आधारमा हाम्रो प्रजातान्त्रिक प्रणाली बढी लोकहीतकारी बन्दछ ।
पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसले हामी सबैमा यस्तो दिव्य प्रेरणा प्रदान गरोस् । जय नेपाल
मिति २०८१ पुष २७
हेरौँ भिडियो