Friday, January 10, 2025
घरसमाचारहार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु सहभागी

हार्वर्ड युथ लिड द चेन्ज कार्यशालामा अल्पाइन माविका विद्यार्थीहरु सहभागी

वीरगंज, २५ पुस । अल्पाइन माध्यमिक विद्यालय वीरगंजका कक्षा १० देखि १२ का विद्यार्थीहरु भारत, पञ्जाबस्थित ख्यातिप्राप्त चित्कारा विश्वविद्यालयमा नेतृत्व विकास सम्बन्धी तीन दिने कार्यशालामा सहभागी भएका छन् ।
हार्वर्ड विश्वविद्यालयबाट ग्रेजुएट गरेकाहरुले आयोजना गरेको प्रतिष्ठित ‘हार्वर्ड युथ लिड द चेन्ज कार्यशाला’मा अल्पाइन माविका ११ जना विद्यार्थीहरु सहभागी भएका हुन् ।
तीन दिने आवाशीय उक्त कार्यशालामा हार्वर्ड युनिभर्सिटीबाट स्नातक गरेकाहरुले विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् । साथै प्रशिक्षित हुने विद्यार्थीहरुले अमेरिकाको ख्यातिप्राप्त विश्वविद्यालयहरुमा पढ्न पाउने, छात्रवृत्ति पाउने तथा नेतृत्व विकाससम्बन्धी क्षमता अभिवृद्धि हुने विद्यालयका प्रिन्सिपल विशाल उपाध्यायले जानकारी गराए ।
हार्वर्ड युथ लिड द च्यालेन्ज इन्डिया विन्टर २०२४–२५ कार्यक्रम भारतको चित्कारा विश्वविद्यालयमा जनवरी ८ देखि १० सम्म भइरहेको प्रिन्सिपल उपाध्यायले बताए । सो कार्यक्रमको वैश्विक स्तरमा निकै माग रहेको र यसलाई संसारभरिका विभिन्न प्रतिष्ठित स्थानमा सन् २००८ देखि आयोजना भइरहेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले बताए ।
अनुभवी हार्वर्ड सल्लाहकार तथा नेताद्वारा विद्यार्थीलाई जटिल सामाजिक मुद्दाहरुलाई सम्बोधन गर्न र असंख्य अनुभवात्मक मोड्युलमार्फत नेतृत्व विकास सम्बन्धी कार्यशाला दिइएको निर्देशक उपाध्यायले बताए । उनले परम्परागत नेतृत्व शिक्षाभन्दा भिन्दै यस कार्यशालामा नरम सीप विकास, विद्यार्थीहरुमा आलोचनात्मक सोच, प्रभावकारी सञ्चार, भावनात्मक बुद्धिमत्ता सीप परिष्कृष्त गर्न हार्वर्ड विश्वविद्यालयबाट स्नातक गरेकाले प्रशिक्षण दिंदै गरेको बताए ।
कार्यशालामा सहभागी भएका विद्यार्थीहरुले हार्वर्ड युथ लिड द चेन्जबाट प्रमाणपत्र प्राप्त गर्ने छन् । तालीममा सहभागी विद्यार्थीहरुले आफनो नेतृत्व कौशल र ज्ञान बढाउन डिजाइन गरिएका विभिन्न गतिविधि र सत्रहरुमा भाग लिंदै गरेका छन् । कार्यशालामा परम्परागत रटाइ–सिकाइलाई पन्छाएर विद्यार्थीहरुलाई चुनौती दिने र प्रेरणा दिने वास्तविक विश्व परिदृश्यमा डुबाउने, व्यावहारिक, अन्तरक्रियात्मक गतिविधिलाई प्राथमिकता दिइएको छ । विद्यार्थीहरुले गम्भीर चुनौतीलाई समाधान गरी सामूहिक बुद्धिमत्ताको शक्ति प्रयोग गर्ने, आलोेचनात्मक सोचको विकास गरी विद्यार्थीलाई आत्मविश्वास र दृष्टिकोणका साथ विश्लेषण गर्न, नवीनता ल्याउन तथा नेतृत्व गर्न कार्यशालाले सशक्त बनाउने निर्देशक उपाध्यायको दावी छ ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -